सिभिल बैंकका ग्राहकहरुलाई थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था

सिभिल बैंकले ग्राहकहरुलाई थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरुसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको हो ।

सिभिल बैंकका ग्राहकहरुले अब निम्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट, मोबाइल बैंकिङ्ग एप’ अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ । बैंकका ग्राहकहरुले अब रोनिक प्याथोलोजी, लेखनाथ होटल ट्रेनिङ, सत्कार होटल एण्ड स्पा, पाँचथर अप्टिकल एण्ड मोबाइल हाउस लगायतका २९ साझेदारहरूबाट सेवा लिँदा विभिन्न छुट पाउने व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए ।

करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । छुटको विस्तृत जानकारी https://www.civilbank.com.np/offer-zone लिंक लगअन गरेर प्राप्त गर्न सकिने छ ।

 

सम्बन्धित समाचार