यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

मानिसमा भिन्न भिन्न सोख हुने गरेको छ । कसैलाई कपाल पाल्ने सोख हुन्छ भने कसैलाई दाह्री पाल्ने । यस्तोमा अमेरिककाकी एक महिलाको नङ पाल्ने सोखका कारण विगत २५ वर्षदेखि नङ पाल्दै आएकी छिन् ।

जसको कारण उनले विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङ नाम गरेकी महिलाले विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । विगत २५ वर्षदेखि नङ पाल्दै आएकी अमेरिका मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।



पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी डायनाको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । जसको कारण उनको बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ ।

 

सम्बन्धित समाचार