जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका-१ गाभरमा कुखुरा फर्म संचालन गरी बस्ने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका- ९ घर भएका २३ वर्षीय प्रकाश रोकाय रहेका छन् । प्रकाशले ती किशोरीलाई बाँके कोहलपुर नगरपालिका-११ दशविगाहास्थित ईन्द्रेणी होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार