‘कुमारी आमा’ले गरिन् राष्ट्रपति भवन अगाडी आत्मदाह प्रयास

‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितलनिवास अगाडी आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार उनले शितलनिवास अगाडी आत्मदाह प्रयास गरेकी हुन् ।

निहारिकाले आफूमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयासलाई प्रहरीले रोकेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थिइन् । आफू १७ वर्षकी हुदाँ जनकपुरका शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनी बताउँदै आएकी छिन् ।



उनी आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् । यसअघि निहारिका र सरकारबीच ५ बुँदे सहमति भएपछि उनले गत असार ३ गते अनशन तोडेकी थिइन् । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् । गत साउन २० बाट उनी आमरण अनशनमा रहेकी छिन् । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

 

 

सम्बन्धित समाचार