न्युयोर्कमा सलमान रुस्दीमाथि सांघातिक आक्रमण

विशवप्रसिद्ध लेखक तथा साहित्यकार सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । अमेरिकाको न्युयोर्क शहरमा एक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा उनीमाथि कुनै अज्ञात व्यक्तिले घाँटीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि रुस्दी भुईँमा लडेका थिए ।

सख्त घाइते रुस्दीलाई तत्काल हेलिकोप्टरबाट स्थानीय अस्पतालमा लगिएको थियो । उनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा कुनै जानकारी गराइएको छैन ।



रुस्दी उनको सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए भने सन् १९८८ मा प्रकाशित उनको कृति ‘द सटानिक भर्सेस’ भने विवादित बनेको थियो । उनीमाथि धर्मलाई अनादर गरेको आरोप लगाइएको छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले रुस्दीमाथिको आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् । शनिबार एक ट्वीट गर्दै उनले अभिव्यक्ति स्वतन्त्रता र रुढीवादविरुद्धको लडाइँमा आफू पनि रुस्दीसँगै भएको पनि बताएका छन् । (एजेन्सीहरूको सहयोगमा)

सम्बन्धित समाचार