एनआईसी एशिया बैंकद्वारा बीमा वापत ३० लाख भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने ३ जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराएको बीमा लाभअन्र्तगत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले ३० लाख बीमा रकम भुक्तानी गरेको जनाएको छ ।

बीमा लाभ प्राप्त गर्नेमा एनआईसी एशिया बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बासेडोर बचत खाता खोल्ने स्व. शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोल्ने स्व. टंकप्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्ने स्व. ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरी रहेका छन् ।



निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एशिया बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ पनि सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ, जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

सम्बन्धित समाचार