फोहोर व्यवस्थापनमा प्रहरी प्रयोग गरेको विषयमा यसो भने बालेनले

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बञ्चरेडाँँडामा फोहोर व्यवस्थापनको लागि प्रहरी प्रयोग गर्नु महानगरको उद्देश्य नभएको बताएका छन् । बुधबार प्रहरी परिचालन गर्दै फोहोर विसर्जन गरिएको विषयमा जानकरी दिँदै उनले प्रहरी प्रयोग गर्नु महानगरको उद्देश्य नभएको बताएका हुन् ।

त्यस्तै बालेनले फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि समस्या पर्न नहुने पनि बताए । उनले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो। प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ ।’ मंगलबार प्रहरी प्रशासनको सहयोग लिएर १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो ।



सो क्रममा स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको थियो । प्रहरीको गोली लागि १ जना घाइते भएका छन् । गत जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक बर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरेका छन् ।

स्थानीयहरुले सडक निर्माण तथा मर्मत गर्नुपर्ने लगायतका माग राख्दै सडकमा अवरोध गर्दै आएका छन् । यसैबीच आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी छ ।

 

सम्बन्धित समाचार