स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ४ लाख २० हजार रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य ग्राम पंचायत बैरगनिया-९ बस्ने ३० वर्षीय चन्दन कुमार र मोटरसाइकलमा सवार भारत बिहार राज्य ग्राम पंचायत बैरगनिया-१९ बस्ने ३६ वर्षीय राजेश साह रहेका छन् ।



भारत बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एस ५४८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार