
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-५ मजुवास्थित खकरा खोलाको दहमा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, कन्काई नगरपालिका-५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै ताप्लेजुङ, फुङलिङ नगरपालिका-९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मोरङ, जहदा गाउँपालिका-१ बुधनगरस्थित खेतमा ३९ वर्षीया दुर्गा देबी राजबंशी बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी पर्सा, विन्दावासिनी गाउँपालिका-२ स्थित हुलास आईरन प्रालिमा काम गर्ने भारत विहार मोतिहारी घर बताउने करिब ५५ वर्षीय जगन साह सोही प्रालिको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बागलुङ, निसिखोला गाउँपालिका-४ कालिमाटीस्थित निसिखोलाको किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता रूकुम(पश्चिम), सानोभेरी गाउँपालिका-४ जुगेना भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बारा, कलैया उपमहानगरपालिका-६ स्थित घरको पेटीमा करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
यसैगरी संखुवासभा,खाँदबारी नगरपालिका-४ स्थित सडकमा सोही नगरपालिका-५ माल्टा बस्ने ५० वर्षीय तेज बहादुर घिमिरे मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता भोजपुर, रामप्रसाद राई गाउँपालिका-३ मन्सुरामस्थित मकैबाँरीमा सोही गाउँपालिका-१ ओख्रे बस्ने ६५ वर्षीय बौध बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको कार्यालय जान्छु भनी हिँडेकोमा साँझसम्म घर नफर्किएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

