जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट करार वाडा बस्ने ४२ वर्षीय कर रावल रहेका छन् । रावलले ती महिलालाई घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार