मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । दाङ, तलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सर्लाही, बागमती नगरपालिका-१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखा, धार्चे गाउँपालिका-४ खोर्ला घर भई आरूघाट गाउँपालिका-९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।



त्यस्तै बाग्लुङ, बाग्लुङ जैमिनी नगरपालिका-१ कोप्चेस्थित सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-८ तोपा तथा राजविराज नगरपालिका-१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता सुर्खेत, लेकबेशी नगरपालिका-४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका-११ डेरा गरी बस्ने धनकुटा लेगुवा घर भएका दुर्गा बहादुर अधिकारीको छोरी ५ वर्षीया मेरीना अधिकारी घर नजिकै रहेको पैनीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै गुल्मी, चन्द्रकोट गाउँपालिका-८ बाघखोला नजिकै बडिगार्ड खोलामा मुसिकोट नगरपालिका-६ गुर्जङ बस्ने ५२ वर्षीया बाल कुमारी गन्धर्व शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी बाँके, जानकी गाउँपालिका-५ छतेनपुर बस्ने मुङसिलाल करवलको छोरा ७ वर्षीय सन्जु करवल सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौँ, काठमाडौं महानगरपालिका-२५ भेडासिंहस्थित मन्दिर नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता सुर्खेत, बराहताल गाउँपालिका-५ अजेरीस्थित सोत खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार