जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर, गोदावरी नगरपालिका-५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जिल्ला घर भई झापा, कनकाई नगरपालिका-४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार