काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, १८ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ४ साना पार्टीले संयुक्त रुपमा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव देखिएको छैन । उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। बिहानैदेखि सवारी साधनहरु निर्वाध चलिरहेका छन् भने बजार पसल पनि खुल्ला छन् । बिहानैदेखि काठमाडौं उपत्यकाबाट भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहेको प्रहरीले जनाएको छ।



सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट प्रहरीले १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्दकर्ताले काठमाडौंको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा हानेका छन् । बन्दकर्ताले काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरेका छन् । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा. ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेका हुन् । यस्तै बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रोबसमा पनि तोडफोड गरेका छन् ।

कहाँ कस्तो छ बन्दको प्रभाव ?

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दमा काभ्रे र कैलालीको केही स्थानमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले निष्कृय पारेको छ भने बनेपाकाे चारदाेबाटाेबाट प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दमा बन्दकर्ताले दाङमा टिफर जलाएका छन् । टिफर जलाएको आराेपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बन्दकर्ताले चितवनमा ६ सवारी साधन तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका हुन् । सवारी साधन तोडफोड गरेको आरोपमा प्रहरीले ५ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

त्यसैगरी काठमाडौंको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा हानेका छन् । यसैगरी डोटीमा बन्द गराउँदै हिड्ने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् भने बन्दकर्ताले घोराही-लमही सडक खण्डको बबई पुल नजिकै टिफर जलाएका छन् ।

 

 

सम्बन्धित समाचार