जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका-५ भरौलबाट घटनाको १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४-५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएका थिए । उक्त घटनामा विश्वकर्मालाई सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो ।



१८ वर्षदेखि फरार रहेका विश्वकर्मालाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

सम्बन्धित समाचार