मृत अवस्थामा २ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा २ जना फेला परेका छन् । बाँके, नेपालगंज उपमहानगरपालिका-८ घर भई सोही ठाउँस्थित उद्योग वाणिज्य संघमा गार्डको रूपमा काम गरी बस्दै आएका ६५ वर्षीय शम्सेर गुरूङ आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-९ जहरे बजारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार