नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा २ जना फेला परेका छन् । कञ्चनपुर र ललितपुरमा गरी २ जना मृत अवस्थामा फेला परेका हुन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बडुवाल टोल बस्ने खेमराज भट्टकी २ वर्षीया छोरी मानसी भट्ट घर नजिकैको नहरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नहरमा शव फेला परेको हो ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१६ सोठ मन्दिर मंगलबजारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

