नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।

झापाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका-१ लसुना भन्सारबाट स्रोत नखुलेको १३ लाख ६० हजार रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापा गाउँपालिका-१ लसुना बस्ने ५४ वर्षीय तेज बहादुर गणेश रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय कुमुरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

