मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका-१८ भुरुङखेल डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-६ घर भएकी २१ वर्षीया मुना लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यता सिन्धुली, कमलामाई नगरपालिका-५ बोजे बस्ने ४५ वर्षीय शम्भु थापा सोही ठाउँस्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै जुम्ला, तातोपानी गाउँपालिका-४ गिरीखोला बस्ने धन कृष्ण कामीको १० वर्षीय छोरा नलेज कामी सोही ठाउँस्थित हाँकु खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौँ, शङ्खरापुर नगरपालिका-१ नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार