स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो । ।

पक्राउ हुनेमा धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।



उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।

सम्बन्धित समाचार