नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ, बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन् । अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

