जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण बझाङको छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अव रुद्ध भएको हो ।

जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए ।



जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन् । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार