नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।

झापामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ दुई जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, मेचिनगर नगरपालिका-४ सरस्वती टोल बस्ने २७ वर्षीय अदित खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अदितले ती किशोरीलाई गत बिहीबार राति घर नजिकैको चिया बगानमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

