मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट सोमबार खेतमा काम गर्न जान्छु भनि गएका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । यता कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ७५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।



त्यस्तै नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ गैंडातालस्थित पोखरीमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार