नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
नेपालमा आज (आइतबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० रहेकोमा शुक्रबार रु ९३ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहेकामा शुक्रबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ११० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १०५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।