नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
पूर्णिमा श्रेष्ठले गर्ने हिमाल आरोहणमा नेपाल लाइफले सहयोग गर्ने जनाएको छ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठले सगरमाथासहित नेपालका ८ हजार मिटरभन्दा माथि उचाइमा रहेका ७ ओटा हिमालहरुको आरोहण गरिसकेकी छन् । पेशाले उनी फोटो पत्रकारसमेत हुन् ।
अब पूर्णिमा श्रेष्ठ विना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाने तयारीमा छिन् । श्रेष्ठको साहसिक कार्यको कदर गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उनीसँग सहकार्य गर्ने जनाएको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको पनि जनाइएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।