नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ स्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-९ लखनपुर बस्ने २८ वर्षीय महेश अधिकारी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मोरङ, उर्लाबारी नगरपालिका-७ वाईवा चोक डेरा गरी बस्ने पथरी शनिश्चरे नगरपालिका-५ घर भएका ३१ वर्षीय नेत्र बहादुर राई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मकवानपुर, थाहा नगरपालिका-१२ दोबानखोलास्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

