नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । गुल्मी, इस्मा गाउँपालिका-२ मझुवा बस्ने प्रकाश कुवँरको ७ वर्षीया छोरी कृष्टिना कुवँर सोही ठाउँस्थित छल्दीखोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
भदौ १२ गते देखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-३ स्थित लक्ष्मी विकास बैंक पछाडि गौरीगङ्गा नगरपालिका-१ बस्ने ३६ वर्षीय लोकेन्द्र घर्तीमगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कमा बाँके हल्दारपुर बस्ने ६५ वर्षीय दिपक ढुङ्गाना सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रोल्पा, गंगादेव गाउँपालिका-२ सितलाचौरस्थित खोल्सामा सल्यान बाघचौर नगरपालिका-२ बस्ने ५० वर्षीय गाइने बादी सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

