मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । बैतडी, पुरचौडी नगरपालिका-६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

बैतडी, पुरचौडी नगरपालिका-५ पुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएपछि खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।त्यस्तै झापा, मेचीनगर नगरपालिका-१ जिमी गाउँ बस्ने ५० वर्षीय भिम बहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कास्की, पोखरा महानगरपालिका-१७ महत गौडा स्थित फुस्रे खोलाको बीच भागमा हाल नाम, थर,वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार