नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।
बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजाबेथ द्वितीयको बकिङ्घम प्यालेसले निधन भएको पुष्टि गरेको छ । महारानी एलिजाबेथको स्कटल्याण्डको बोलमोरलमा निधन भएको हो । उनी केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहँदै आएकी थिइन् ।
उनको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । सन् १९५२ मा बेलायतको महारानी बनेकी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । अब उनका छोरा चार्ल्स देशको नयाँ राजा बन्ने छन् ।