जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा मुगु जिल्ला र ललितपुर जिल्लामा गरी ४ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुगु, छायाँनाथ रारा नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत बिहीबार राति ती किशोरीलाई सामूहिक रुपमा जबरजस्ती करणी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै २९ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर मनोहरी गाउँपालिका-३ मिलडाँडा घर भई हाल ललितपुर बागमती गाउँपालिका-२ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।



सुनारले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार