स्रोत नखुलेको रकम सहित पक्राउ

सप्तरीबाट स्रोत नखुलेको रकम सहित २ जना पक्राउ परेका छन् । सप्तरी, राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर सहित २ जना रहेका छन् । उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार