मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । इलाम, रोङ गाउँपालिका-४ तितुङ्गेस्थित छाप्रोमा बस्दै आएका झापा मेचीनगर नगरपालिका-४ बाहुनडाँगी घर भएका ७५ वर्षीय जित बहादुर राई आफ्नै छाप्रो बाहिर बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-२० टोडके डाँडा बस्ने ६४ वर्षीया पूर्णसरी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता चितवन, खैरहनी नगरपालिका-१२ सिस्हनीस्थित सडक छेउमा सोही ठाउँ बस्ने गुरौ कान्छा भन्ने ६० वर्षीय कान्छा महतो बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै म्याग्दी, रघुगंगा गाउँपालिका-३ घोरेढुङ्गास्थित कालीगण्डकी नदीको किनारमा अन्नपूर्ण गाउँपालिका-३ नारच्याङ बस्ने २६ वर्षीय नरेश परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी लमजुङ, बेसीशहर नगरपालिका-७ मनाङ चौतरास्थित होटलको कोठामा भारत घर भई हाल बेसीशहर नगरपालिका-३ रानिकुवास्थित सुगम अटो वर्कसपका संचालक प्रवेश भनिने ३८ वर्षीय तब्रेज खाँन बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित पानीमा तैरिरहेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, दमक नगरपालिका-१० स्थित मिश्रटोलबाट मावा खोलातर्फ जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पर्सा, वीरगञ्ज महानगरपालिका-२ छठीघाटमाई मन्दिरस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मनाङ, ङिस्याङ गाउँपालिका-६ थ्रोङफेदीस्थित चिया खाजा पसलमा काम गरी बस्ने कास्की मादी गाउँपालिका-८ रबईडाडा घर भएका ४५ वर्षीय खुम बहादुर गुरुङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार चोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कञ्चनपुर, बेलौरी नगरपालिका-३ खिरिया बस्ने ६० वर्षीया धनुमाया देबी सिंह आफ्नै घर नजिक पानीको नालामा बुधबार मृत अवस्थामा फेला परेकी छन् । मंगलबार साँझदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नालामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार