नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य १००० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकोमा बिहीबार रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार रहेकामा बिहीबार प्रतितोला रु ९२ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार १७० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।