नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठ रहेका छन् । ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा हयेरा जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

