नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका-१० स्थित श्री बिनायक इँटा उद्योगमा गार्डको काम गरी बस्ने ४५ वर्षीय जलिल मिया नट शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सिरहा, सिरहा नगरपालिका-१९ सन्हैठास्थित नहर नजिकै पानी जमेको खाल्डोमा सोही नगरपालिका-२० लकडिगदियानी बस्ने ३५ वर्षीय कारी सदाय आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

