नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेकोमा सोमबार रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा सोमबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार १८० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।