मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२५ स्थित खेतमा सोही महानगरपालिका-२६ दिब्यनगर बस्ने ४३ वर्षीय दिपक चन सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापा, अर्जुनधारा नगरपालिका-३ खुदुनाबारी डेरा गरी बस्ने दमक नगरपालिका-८ घर भएकी २९ वर्षीया टिका कुमारी बुढाथोकी तिमल्सिना सोमबार मृत अवस्थामा फेला परेकी छन् । बाथरुममा नुहाउन गएको अवेरसम्म ननिस्किएपछि आफन्तले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् ।



यस्तै रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-४ बिष्टगाउँ बस्ने टेक बहादुर बिष्टको छोरा १० वर्षीय विजय बिष्ट आफ्नै घर नजिकैको मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । भदौ ३१ गतेदेखि आफ्नै घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त मकैबारीमा शव फेला परेको हो । यता बारा, बिश्रामपुर गाउँपालिका-३ मुसहर्वा बस्ने २२ वर्षीया जुली खातुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी कैलाली, भजनी नगरपालिका-९ पहलमान टोलस्थित नालामा सोही ठाउँ बस्ने २५ वर्षीय बिनोद राजी आइतबार मृत अवस्थामा फेला परेका छन् । भदौ ३१ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा नालाको पानीमा शव फेला परेको हो । यस्तै झापा, झापा गाउँपालिका-३ गौरीगाउँघाटी बस्ने देवान टुडुको छोरा १४ वर्षीय विजय टुडु सोही ठाउँस्थित सडक छेउको जमेको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-१० पत्थरघाट दोदा नदी नजिक उखुबारीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी गरी कञ्चनपुरकै लालझाडी गाउँपालिका-१ डाडाबिचुवास्थित दोदा नदी नजिक उखुबारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीया महिला र अन्दाजी ३० वर्षीय पुरुषको शव आइतबार फेला परेको छ ।

यता जुम्ला, गुठिचौर गाउँपालिका-१ चौतारा बस्ने ५५ वर्षीय लक्षी ऐडी सोही गाउँपालिका-४ धलमुडीस्थित तिला नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१ सुन्दरटोल डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका २१ वर्षीय सुन्दर थारु सोही ठाउँस्थित पानीको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गुल्मी, रेसुङगा नगरपालिका-८ खानीगाउँस्थित फर्निचर गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएका ५५ वर्षीय टोप बहादुर राना आफ्नै फर्निचरभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार