बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ परेका छन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।



‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार