मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदीबीचको भंगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यता सुर्खेत, पंचपुरी नगरपालिका-५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका- ११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।



यस्तै कैलाली, गोदावरी नगरपालिका-१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित लुक्ला-पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका-१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सोलुखुम्बु, लिखुपिके गाउँपालिका-१ बस्ने ५० वर्षीया फुलमाया खत्री आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका-३ आँखोप सल्लेरी बस्ने २५ वर्षीय बिक्रम ताम्लिङ सोही ठाउँस्थित साम्सिम खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भन्दै सोमबार दिउँसो उक्त खोलामा गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।

यता अछाम, कमलबजार नगरपालिका-६ हात्तिबाझ बस्ने ४९ वर्षीय दिप्त शाही घर नजिकै बुदेखोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँस घारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी दार्चुला, महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार