नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेकोमा बुधबार रु ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार १८५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।