मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २४ घाइते

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बिहीबार दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतको ११ घुम्तीमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस सडकबाट ६० मिटर तल खस्दा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोसँग ठक्कर खान पुगेको थियो ।



दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

 

सम्बन्धित समाचार