नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका-१० गज्जर बस्ने १८ वर्षीय किशोर रहेका छन् । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

