जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके,राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय गम बहादुर खत्री रहेका छन् ।

जिल्ला अदालत बाँकेको २०७५ जेठ २३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदलात बाँकेमा बुझाइएको छ ।

सम्बन्धित समाचार