नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० रहेकोमा सोमबार रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ९०० रहेकामा सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार १५० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार १६० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।