नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापा रहेका छन् । थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

