नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १२०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ८०० रहेकोमा बुधबार रु ९१ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार १७० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार १४५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।