नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार रहेकोमा बिहीबार रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहेकामा बिहिबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै बिहीबारकै मूल्य अनुसार कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।