दसैँ लागेसँगै काठमाडौं झिलिमिली (फोटोफिचर)

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिङ, लटाईले सजाइएको छ ।

साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।



दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो ।

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

अर्कातिर यही बेला विदेशबाट दसैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

दसैँ लागेसँगै काठमाडौं झिलिमिली

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार