चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ भाइरल भएपछि…

चिकित्सक उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन् । डाक्टरहरूको प्रेस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा प्रेस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् । यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।



प्रेस्क्रिप्सन

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त प्रेसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे । अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् । एजेन्सीको सहयोगमा

 

सम्बन्धित समाचार