नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । दाङ, दंगीशरण गाउँपालिका-६ थपगाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर डाँगी शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-६ स्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २९ वर्षीया सरिता पौडेल रेग्मी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता डोटी, शिखर नगरपालिका-६ स्थित लुवाखडि खोलामा सोही नगरपालिका देतडा बस्ने ४० वर्षीय अम्मर मल्ल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मकवानपुर, बकैया गाउँपालिका-६ घट्टेपाखा दमारस्थित माछापोखरीमा सोही गाउँपालिका सानिसुदा बस्ने ४७ वर्षीय राजेन्द्र भोकल आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीस्थित जंगलको बाटोमा इटहरी उपमहानगरपालिका-५ बस्ने ६० वर्षीय बिर्ख बहादुर बिष्ट आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित निमार्णाधिन घरको पहिलो तल्लामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी चितवन, कालिका नगरपालिका-६ खोलेसिमलमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापा, दमक नगरपालिका-४ अर्नाखांडीस्थित सडक छेउमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

